Kathmandu Press

दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्रान्ड एम्बेस्डर

सोमबार एक कार्यक्रम गर्दै ओमोडाले दीपेन्द्रलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ। कार्यक्रममा दीपेन्द्र र सारडा ग्रुपका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरे।
दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्रान्ड एम्बेस्डर

काठमाडाैं, पुस १५ : नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बनेका छन्। 

सोमबार एक कार्यक्रम गर्दै ओमोडाले दीपेन्द्रलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ। कार्यक्रममा दीपेन्द्र र सारडा ग्रुपका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरे।

शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो।

सोही अवसरमा नेपाल प्रियिमर लिगको सर्वोत्कृष्ट खेलाडी बन्दै दीपेन्द्रलाई दिने घोषणा गरिएको ओमोडा–इफाइभ कार पनि प्रदान गरियो। 

Photo-(13)-(4)-1735551692.jpg

कार्यक्रममा कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाकारी दिइयो। 

एम्बासडर नियुक्त भएपछि दिपेन्द्रले एनपीएल सफलतापूर्वक सम्पन्न भएको बताउँदै आफूलाई उत्कृष्ट खेलाडी घोषित गरिएकोमा क्यान र ओमोडालाई धन्यवाद पनि दिए। उनले एनपिएल आयोजनाका लागि क्यानलाई पनि धन्यवाद दिए।

‘यस्तो कार्यले नयाँ क्रिकेट खेलाडीहरूलाई पनि आशा र भरोसासँगै प्रोत्साहन पनि दिन्छ,’ उनले भने, ‘ओमोडासँग सहकार्य गर्न पाउँदा म खुशी छु । अब हामी एउटै यात्रामा जोडिएका छौं, ओमोडालाई धन्यवाद।’

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, पुस १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्