दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनाकाे जीवितै उद्धार
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार १८१ जना सवार विमान दुर्घटनाबाट २ जनाको जिवितै उद्धार गरिएको छ । जसमा एक चालक दल सदस्य र १ यात्रु रहेको बताइएको छ।
काठमाडौं, पुस १४ : दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार १८१ जना सवार विमान दुर्घटनाबाट २ जनाको जिवितै उद्धार गरिएको छ । जसमा एक चालक दल सदस्य र १ यात्रु रहेको बताइएको छ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको बताइएको छ।
थाइल्यान्डको राजधानी बैंककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो। विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए।
विमानमा रहेका १८१ मध्ये दुई जना थाइ र अरु सबै कोरियन नागरिक रहेको बताइएको छ।
विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।
प्रकाशित मिति: १३:०३ बजे, आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार