Kathmandu Press

दक्षिण कोरियाको विमान स्थलमा जेजु एयरको विमान दुर्घटना, २८ जनाको मृत्यु

थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
दक्षिण कोरियाको विमान स्थलमा जेजु एयरको विमान दुर्घटना, २८ जनाको मृत्यु
Hardik ivf

काठमाडौं, पुस १४ : दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना भएको छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमान दुर्घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । अवतरणका बेला धावनमार्गबाट चिप्लिएर विमान पर्खालमा ठोक्किएको थियो । दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप क्षतिको सम्भावना रहेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए ।

अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी छ र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ०८:४६ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्