Kathmandu Press

‘उनको स्वीटर’को ‘मखमली’ गीत २४ घण्टामै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

शुक्रबार सार्बजनिक भएको गीत यो समाचार तयार पार्दासम्म ९ लाख ९० हजारबढी भ्यूसहित युट्युबको शीर्ष ट्रेन्डिङमा आएको छ।
‘उनको स्वीटर’को ‘मखमली’ गीत २४ घण्टामै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौं, पुस १३ : फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्जजनिक भएको २४ घण्टामै युट्युबको शीर्ष ट्रेन्डिङमा छ।

शुक्रबार सार्बजनिक भएको गीत यो समाचार तयार पार्दासम्म ९ लाख ९० हजारबढी भ्यूसहित युट्युबको शीर्ष ट्रेन्डिङमा आएको छ।

Hardik ivf

गुरुङ र मगर समुदायले गाउने लोक भाका कौडा र चुट्का शैलीलाई टपक्कै टिपेर गीतमा प्रस्तुत गरिएको गीतको भिडियोलाई २४ सय बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

गीतको भिडियोमा फिल्मको मुख्य कलाकार मिरुना मगर र विपिन कार्कीको प्रेमलाई देखाइएको छ। सुजन चापागाईं र सुनिता थेगिमको स्वरमा रहेको गीतको शब्द हर्क साउदले कोरेका छन्। संगीत भने गायक चापागाईंकै छ।

आर्टमाण्डुले निर्माण गरेको फिल्म वैशाख २६ बाट देशभर प्रदर्शनमा आउँदैछन्। नवीन चौहान निर्देशन फिल्ममा विपिन, मिरुनासहित सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, परीक्षा लिम्बूलगायतको अभिनय छ।

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्