Kathmandu Press

सेताम्मे रारा [फाेटाे फिचर]

हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ। 
सेताम्मे रारा [फाेटाे फिचर]

मुगु, पुस १३ : हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ। 

हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ। 

शुक्रबारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाकारी दिएको छ। हिमपात भएपछि मुगुका हिमाल सेताम्य देखिएका छन्।

रारासँगै आसपासका मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ। दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन्। 

मुगुका कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ। 

Photo-(3)-1735382130.jpeg

Photo-(6)-1735382132.jpeg

Photo-(9)-1735382276.jpeg

Photo-(5)-1735382131.jpeg

Photo-(8)-1735382132.jpeg

Photo-(2)-1735382129.jpeg

Photo-(7)-1735382132.jpeg

Photo-(1)-1735382129.jpeg

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्