Kathmandu Press

‘जन्ते बाख्रो’को शुभ मुहूर्त

शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो।
‘जन्ते बाख्रो’को शुभ मुहूर्त

काठमाडौं, पुस १२ : सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त गरिएको छ ।

शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो। कार्यक्रममा फिल्मका निर्देशक, निर्मातालगायत कलाकारको उपस्थिति थियो।

कमेडी कथावस्तुमा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लखेका छन्। फिल्ममा सन्तोष गौतम निर्माता रहेका छन्।

Photo-(13)-(2)-1735295462.jpg

फिल्ममा सौगात मल्ल, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपानेलगायतको अभिनय रहने छ।

फिल्म पुस २० गतेबाट फ्लोरमा जाने तयारी छ।

Photo-(14)-(6)-1735295455.jpg

Photo-(16)-(4)-1735295454.jpg

 

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्