कजाकिस्तानमा दुर्घटनाग्रस्त विमानबाट यात्रुहरुको उद्धारकार्य जारी
बाकुबाट ग्रोज्नीका लागि उडेको यात्रुबाहक विमान बुधबार अक्ताउ शहरनजिकै दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।एजेन्सी, पुस ११ : अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा हावाहुरीका कारण चिप्लिएर दुर्घटनामा परेको जनाइएको छ ।
बुधबार हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
बाकुबाट ग्रोज्नीका लागि उडेको यात्रुबाहक विमान बुधबार अक्ताउ शहरनजिकै दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ । बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् ।
विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्यसहित ६७ जना सवार रहेको अजरबैजान एयरलाइन्सले सामाजिक सञ्जाल एक्समा जनाएको छ । उद्धार कार्य जारी राखिएको छ ।
विमान अक्ताउबाट करिब तीन किलोमिटर टाढा ‘आपतकालीन अवतरण’ गरिएको बताइएको छ। जहाज खसेपछि उद्धारका लागि आकस्मिक सेवाका अधिकारीहरू नजिक जाँदै गर्दा त्यसमा आगो लागेको पनि जनाइएको छ ।