Kathmandu Press

शरणले ल्याए ‘मेरो माया बुझेनन् कसैले’ 

वियोगान्त प्रेम भावमा तयार भएको गीतमा शरण हुमागाईं र गीतादेवीको स्वर छ। विष्णु तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा विष्णुकै लय र शरणको शब्द छ। 
शरणले ल्याए ‘मेरो माया बुझेनन् कसैले’ 

काठमाडौं, पुस १० : गायक शरण हुमागाईंको नयाँ गीत  ‘मेरो माया बुझेनन् कसैले’ सार्वजनिक भएको छ। 

वियोगान्त प्रेम भावमा तयार भएको गीतमा शरण हुमागाईं र गीतादेवीको स्वर छ। विष्णु तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा विष्णुकै लय र शरणको शब्द छ। 

Hardik ivf

शंकरा डिजिटल रेकडिङ स्टुडियोमा सागर पुनले रेकर्ड गरेको यो गीतलाई कुमार सानु पुनले अडियो मिक्सिङ मास्टरिङ गरेका छन्। 

समिर थोकरले निर्देशन गरेको गीतको भिडियोमा शरण हुमागाईं, जीतबहादुर खड्का र आयुष्मा कार्की फिचर्ड छन्। सुशील डाँगीले खिचेको भिडियो शरण हुमागाईं युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

गायक हुमागाईंले तीन दर्जन गीत बजारमा ल्याइसकेका  छन्। उनी गायन, गीत लेखन, निर्देशन र पछिल्लो समय अभिनयमा पनि सक्रिय छन्। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, पुस १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्