Kathmandu Press

६७ यात्रु बोकेको विमान काजकस्तानमा दुर्घटना

कजाकस्तानको आपतकालीन मन्त्रालयको प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा २५ जना बच्न सफल भएको र २२ जना घाइतेलाई अस्पताल लगिएको बिबिसीले उल्लेख गरेको छ। 
६७ यात्रु बोकेको विमान काजकस्तानमा दुर्घटना

काठमाडौं, पुस १० : ६७ यात्रु बोकेको अजरबैजानी एयरलाइनरको विमान दुर्टनामा परेको छ। 

अजरबैजान एयरलाइन्सको फ्लाइट जे२–८२४३ विमान बुधबार कजाकस्तानको अक्टाउ शहरमा दुर्घटनाग्रस्त भएको हो।

Hardik ivf

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सो विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नी जाँदै थियो। कुहिरोका कारण विमान मार्ग परिवर्तन गरेको बिबिसीले जनाएको छ। 

विमानमा ६२ यात्रु र ५ चालक दलका सदस्यसहित ६७ जना रहेको बिबिसीले उल्लेख गरेको छ। 

501061-planecrash-1735117141.webp

कजाकस्तानको आपतकालीन मन्त्रालयको प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा २५ जना बच्न सफल भएको र २२ जना घाइतेलाई अस्पताल लगिएको बिबिसीले उल्लेख गरेको छ। 

दुर्घटना के कारणले भयो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन। 

यता, केही समाचार एजेन्सीहरू ४२ जनाको मृत्यु भएको हुनसक्ने उल्लेख गरेका छन्। तर, यसको पुष्टी भने भइसकेको छैन।

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, पुस १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्