Kathmandu Press

नेता अधिकारीको शव श्रद्धाञ्जलिका लागि नेकपा कार्यालयमा

काठमाडौं, फागुन १९ : नेकपा नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको....

नेता अधिकारीको शव श्रद्धाञ्जलिका लागि नेकपा कार्यालयमा

काठमाडौं, फागुन १९ : नेकपा नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ ।

नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको थियो । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको राति ९ः३५ बजे निधन भएको थियो ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि नेकपा कार्यालय धुम्बाराहीमा राखिएको हो । उनको पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

दिउसो १२ बजेसम्म नेकपा कार्यालमै राखिने छ । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने नेकपा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

तत्कालीन नेकपा (एमाले)को तर्फबाट मनमोहन अधिकारीले नेतृत्व गरेको नौ महिने सरकारमा उनी अर्थमन्त्री थिए । ज्येष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता, आफ्नो आउँ आफै बनाऔं जस्ता चर्चित कार्यक्रम उनले नै ल्याएका थिए ।

उनको निधनमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभपाति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतका नेताले दुःख प्रकट गरेका छन् ।

 

प्रकाशित मिति: १०:५० बजे, आइतबार, फागुन १९, २०७५