ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित एकै परिवारका १० जनाको मृत्यु
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो ।ब्राजिल, पुस ८ : दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा भएको निजी विमान दुर्घटनामा एकै परिवारका १० जना सदस्यको मृत्यु भएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो ।
दुर्घटना हुँदा विमान घरको चिम्नी, एउटा घर र पसलमा समेत क्षति पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
६१ वर्षीय गालेज्जीले आफ्नो परिवारलाई साउ पाउलोस्थित जुन्डिआईमा घुमाउन लगिरहेका थिए । रियो ग्रान्डे डो सुलका गर्भनर एडवार्डो लिटेले मारिने सबैभन्दा गालेज्जी परिवारकै सदस्य भएको बताए । उनका अनुसार खराब मौसमबिच विमानले उडान भरेको थियो ।
आइतबार बिहान विमान मात्र ३ किलोमिटर उडेपछि मानिसहरू बसोबास भएको क्षेत्रमा खसेको थियो । गालेज्जी कर्पोरेट रिस्ट्रक्चरिङ र क्राइसिस म्यानेजमेन्ट कम्पनी गालेज्जी एन्ड एसासिएडोसका सीईओ थिए ।