डकुमेन्ट्री ‘भत्तेराज लाखे आजुको कथा’ आउँदै

काठमाडौं, पुस ७ : पौराणिक कथामा निर्माण भएको कडुमेन्ट्री ‘भत्तेराज लाखे आजु’को ट्रेलर सार्वजनिक गरेको छ।
पानामा कथा प्रोडक्सनले निर्माण गरेको डकुमेन्ट्रीलाई सुजल बज्राचार्यले निर्देशन गरेका छन्। पानामा कथाकै युट्युब च्यालनबाट सार्वजनिक भएको ट्रेलरमा पौराणिक कथालाई सिर्जनात्मक ढंगले प्रस्तुत गरिएको छ।
ट्रेलरमा भत्तेराज लाखे आजुको कथा र सिर्जनशीलताको संयोजन देख्न सकिन्छ। डकुमेन्ट्रीले नेपाली कथावाचनको क्षेत्रलाई नयाँ उचाईमा पु¥याउन मद्दत गर्ने निर्माता सवाल बहालले बताए।

रोजेश महर्जनले पटकथा लेखेको डकुमेन्ट्रीलाई विशाल मानन्धर, सफल विकले खिचेका छन्। डकुमेन्ट्रीमा तासुना बज्राचार्यको भ्वाइसओभर रहेको छ।
‘भत्तेराज लाखे आजुको कथा’को कथा टिमको मेहनत र समर्पणको परिणाम भएको बताउँदै निर्देशक बज्राचार्यले यसले दर्शकको मन जित्नेमा आफूहरू आशावादी रहेको बताए।
हेर्नुस् ट्रेलर








![किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरू आन्दोलित तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_3b604b88-1786601385.jpg)


