एनपिएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्ने
केहीबेरपछि कीर्तिपुस्थित टियू मैदान सुरू हुने फाइलनमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्।काठमाडाैं, पुस ६ : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ।
केहीबेरपछि कीर्तिपुस्थित टियू मैदान हुने फाइलनमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्।
फाइनलका लागि दुवै टिमले प्लेइङ ११मा कुनै परिवर्तन गरेका छन्। उनीहरुले पुरानै टिमलाई निरन्तता दिएका छन्।
लिगमा शीर्ष स्थानमा रहँदै क्वालिफाफरमा पुगेको सुदूरपश्चिमले फाइलन पुग्ने क्रममा पहिलो क्वालिफारमा जनकपुरलाई हराएको थियो। यता, लिगमा दोस्रो भएको क्वालिफायरमा पुगेको जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।
प्रतियोगितामा सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भीड्न लागेका हुन्। यसअघिका दुवै भीडन्तमा सुदूरपश्चिम विजयी भएको थियो।
प्रकाशित मिति: १२:१५ बजे, शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उत्कृष्ट बलर बन्दै ललितले जिते बाइक, विपिन बने ‘इमर्जिङ प्लेयर’शनिबार, पुस ६, २०८१
दीपेन्द्रले जिते कार, जबइ बने सर्वोत्कृष्ट खेलाडीशनिबार, पुस ६, २०८१
जनकपुर बन्यो एनपिएलको पहिलो च्याम्पियनशनिबार, पुस ६, २०८१
कीर्तिपुरमा क्रिकेट क्रेज मैदान भित्र र बाहिर उस्तैशनिबार, पुस ६, २०८१