Kathmandu Press

नेपाल यू–१९ महिला एसिया कपको फाइनल पुग्न चुक्यो, बंगलादेशसँग ९ विकेटले पराजित

वर्षा प्रभावित सुपर फोरको अन्तिम खेलमा बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल फाइनल पुग्नबाट बञ्चित भएको हो। बंगादेशलाई हराउन सकेको भए नेपाल फाइनलमा पुग्ने थियो।
नेपाल यू–१९ महिला एसिया कपको फाइनल पुग्न चुक्यो, बंगलादेशसँग ९ विकेटले पराजित

काठमाडाैं, पुस ५ : नेपाल मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कपको फाइनल पुग्नबाट चुकेकोछ। 

वर्षा प्रभावित सुपर फोरको अन्तिम खेलमा बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल फाइनल पुग्नबाट बञ्चित भएको हो। बंगादेशलाई हराउन सकेको भए नेपाल फाइनलमा पुग्ने थियो।

नेपाललाई हराएसँगै बंगलादेश सुपर फोरमा दोस्रो हुँदै फाइनल पुगेको छ। अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ।

वर्षाले ११ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

उसका लागि फाहोमिडा चोयाले २६ रन बनाउँदा मोसामत इभाले १८ रन बनाइन् भने सुमिया सुवोर्नले १० रन बनाइन्। नेपालका लागि एकमात्र विकेट कुसुम गोदारले लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनायो नेपालका लागि सावित्री धामीले ११ रन बनाउनु बोहक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

सुपर फोरको नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द भएको थियो । समूह चरणमा नेपालले पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको थियो भने भारतसँगका खेल वर्षाका कारण रद्द भएको थियो। 

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्