Kathmandu Press

कृषाको ‘पिताम्बर’ चैत्र २९ मा आउने 

शुक्रबार निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको अवसरम चैत्र २९ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हो। 
कृषाको ‘पिताम्बर’ चैत्र २९ मा आउने 

काठमाडौं, पुस ५ : कृषा चौलागाईद्वारा निर्देशित फिल्म ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ ।

शुक्रबार निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको अवसरम चैत्र २९ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हो। 

सार्वजनिक पोस्टरमा मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन्। 

‘पिताम्बर’मा स्टार कलाकारहरूको बलियो लाइनअप छ। जसमा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायत छन्। 

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको निर्माता विशाल चौलागाई हुन्। 
 

प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्