Kathmandu Press

'नेपाल लोडसेडिङको खतरामा छ, बिजुली काटिन्छ भन्ने सूचना जारी हुन धेरै कुर्नुपर्दैन' [अन्तर्वार्ता]

'सरकारले विद्युत व्यापार गर्न सक्दैन भने निजी क्षेत्रलाई दिए हुन्छ'
'नेपाल लोडसेडिङको खतरामा छ, बिजुली काटिन्छ भन्ने सूचना जारी हुन धेरै कुर्नुपर्दैन' [अन्तर्वार्ता]

नेपालमा उर्जा क्षेत्रले ठूलो सम्भावना बोकेको भए पनि यसको विकास र आत्मानिर्भरताका लागि आवश्यक कदमहरु उठाउन ढिलाइ भइरहेको छ। यही सन्दर्भमा, नेपाल न्यूज बैंककी सुश्मिता वानियाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग नेपाल विद्युत् उत्पादनको वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे कुरा गरेकी छन्। प्रस्तुत छ, कार्कीसँगको कुराकानीको सम्पादित अंश:

नेपालमा उर्जामा लगानी गर्नसक्ने अवस्था छ ? 

नेपालमा लगानी गर्ने वातावरण छ भनेर सरकारले विश्वसमुदायलाई भनिरहेको छ। तर, यति भनेको भरमा विदेशबाट लगानी आउँछ भन्ने लाग्दैन । सरकारले सबैभन्दा पहिला लगानी गर्न प्रोत्साहन गर्न पर्‍यो । नेपालमा भएका थुप्रै नितीगत सुधारहरु गर्नुपर्‍यो। अनि मात्रै नेपालमा लगानी गर्न सम्भव छ । किनभने अहिले भारतबाट विद्युत आएन, तामाकोसी बन्द भयो भन्दा लोडसेडिङ हुन्छ भनेर भन्दै जाँदा हामी विद्युतमा आत्मानिर्भर कहिले हुने त ? लगानी गर् भन्नलाई पहिला आत्मानिर्भर हुनपर्‍यो। त्यसैले लगानी गर भन्नु भन्दा पहिला उत्पादनलाई जोड दिन आवश्यक छ । उत्पादनलाई जोड दिँदादिँदै ट्रान्समिसन लाइनलाई जोड दिनुपर्छ । यदी, सरकारले मात्रै विद्युत व्यापार गर्न सक्दैन भने निजी क्षेत्रलाई, हामीलाई दिनुपर्छ । हामी सरकारलाई सघाउँछौं । 

Hardik ivf

लगानीका लागि प्रोत्साहन गर्न सरकारले गर्नुपर्ने कामहरु के के हुन् ? 

लगानी गर्नका लागि प्रतिफल निश्चित गरेर कुनै एउटा क्षेत्र छुट्याउनुपर्‍यो। नीतिगत समस्याहरुलाई व्यवहारिक रुपमा फुकाउनुपर्‍यो । लगानीको प्रक्रिया सरल बनाउनुपर्‍यो । विद्युत विधेयक लगानीमैत्री बनाउनपर्‍यो । विधेयकको नाममा बाँध्न खोज्नु भएन । पीपीएहरु खोल्नुपर्‍यो । बैंकहरुलाई चलायमान बनाउनुपर्‍यो ।

यतिबेला नेपालले विद्युत बेच्न सक्ने अवस्थामा छ ? 

आजको दिनमा विजुली बेच्नुपर्ने स्थिती छैन। किनभने, हामी १३ हजार ५ सय मेगावट विद्युत २०३५ सम्म खपत गर्छौं भनेर लागिरहेका छौं । खपत गर्नलाई प्रोत्साहन गर्नुपर्‍यो । कुनैदिन घरमा ६ बजेदेखि ८ बजेसम्म विजुली काटिन्छ भनेर समाचार सुन्न अब धेरै दिन कुर्नु पर्दैन । विजुली बेच्नका लागि पहिला उत्पादन गर्नुपर्‍यो । उत्पादन भएको विजुली देशमा खपत गर्न प्रोत्साहन गर्नुपर्छ । तब मात्रै हामी विजुली बेच्न सक्छौं । किनभने अहिले चार महिना आफ्नै विजुली खपत गर्छौ र आठ महिना भारतबाट विजुली खरिद गरिरहेको अवस्था छ । त्यसैले, नेपालमा लोडसेडिङको कुरा सुनिन थालेको हो । 

ganesh-karki-ippan-1734610618.jpg

नेपाल फेरि लोडसेडिङको खतरामा जान लागेको हो ? 

नेपाल लोडसेडिङको खतरामा नै छ । किनभने, यो भन्दा अघिल्लो वर्ष पनि भारतबाटै विजुली ल्याएर लोडसेडिङ मुक्त गरेका थियौं । यो वर्ष पनि भारतबाट विजुली ल्याउँछौं । तर, तामाकोशी जस्तो ठुलो प्रोजेक्ट बन्द भइदियो भने नेपालमा विद्युत ठप्प हुनसक्छ । त्यसैले, बर्खामा र हिउँदमा आवश्यक पर्ने विद्युत कति हो थाहा पाएर काम गर्न सकियो भनेसुरक्षित हुन सक्छौं । होइन भने हामी समस्यामा पर्न धेरै समय लाग्दैन । 

नेपाल विद्युतमा आत्मानिर्भर हुनसक्ने सम्भावना कतिको छ ? 

आठ महिना भारतबाट विजुली किन्नुपर्ने अवस्था रहिरह्यो भने अबको १० वर्ष होइन अर्को दश वर्षमा पनि विजुलीमा आत्मनिर्भर हुन सक्दैनौं । भारतबाट विजुली किन्नैपर्ने हुन्छ । हामी मात्र आत्मानिर्भर हुने हो भने सरकारले २०२५ सम्म १३ हजार मेगावट विद्युत उत्पादन भयोभने पुग्छ भनेर भनिरहेको बेलामा १३ हजार मेगावट विद्युत त १२ महिना पुग्ने विजुली हामीसँग हुनुपर्‍यो नि। (नेपाल न्युज बैंक)

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्