Kathmandu Press

विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन: रामहरि खतिवडा

सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरेका हुन्।
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन: रामहरि खतिवडा

काठमाडौं, पुस ४ : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गरेका छन् ।

सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरेका हुन्।

'कस्ले दुष्प्रचार गरेको हो जानकारी छैन,' उनले भने। 

उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो। 

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, पुस ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्