Kathmandu Press

कर्णालीविरुद्ध जनकपुरले टस जितेर बलिङ रोज्यो, दुवै टिममा एक परिवर्तन

टियू मैदानमा १२ः३०मा सुरु हुने खेलमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
कर्णालीविरुद्ध जनकपुरले टस जितेर बलिङ रोज्यो, दुवै टिममा एक परिवर्तन

काठमडाैं, पुस ४ : नेपाल प्रिमियर लिगको क्वालिफायर २मा केहीबेरपछि कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दै छन्। 

टियू मैदानमा १२ः३०मा सुरु हुने खेलमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध टस जितेर ब्याटिङ गरेको जनकपुर सो खेलमा पराजित भएको थियो। 

Hardik ivf

दुवै टिमले प्लेइङ ११ एक–एक परिवर्तन गरेका छन्। पहिलो क्वालिफायर खेलेको टिमबाट जनकपुरले अरनिको यादवलाई हटाउँदै यू–१९ टिमका ओपनर मयन यादवलाई टिममा राखेको छ। मयनको एनपिएलको डेब्यू खेल हो। 

यता, कर्णालीले भने एलिमेटर खेलेको टिममा एक परिवर्तन गरेको छ। उसले ओपनर रित गौतमको स्थानमा यू–१९ टिमकै स्पिनर युनिश बिक्रम ठकुरीलाई मैका दिएको छ। रितले पछिल्ला २ खेलमा मौका पाए पनि रन बनाउन सकेका थिएनन्।

पहिलो क्वालिफयरमा सुदूरपश्चिमसँग ८ विकेट पराजित भएपछि जनकपुरले क्वालिफायर २ खेल्ने लागेको हो। यता, कर्णालीले भने एलिमिनेटरमा चितवन राइनोजमाथि २२ रनको जित निकाल्दै क्वालिाफयरमा स्थान बनाएको हो।

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्