Kathmandu Press

फाइनल पुग्न सुदूरपश्चिमले पायो १४० रनको लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा जारी क्वालिफायर खेलमा पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सकेपछि सुदूरपश्चिम फाइनल पुग्ने मध्यम लक्ष्य पाएको हो।
फाइनल पुग्न सुदूरपश्चिमले पायो १४० रनको लक्ष्य

काठमाडाैं, पुस ३ : जारी नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल पुग्ने सुदूरपश्चिम रोयल्सले १४० रनको मध्यम लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित टियू मैदानमा जारी क्वालिफायर खेलमा पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सकेपछि सुदूरपश्चिम फाइनल पुग्ने मध्यम लक्ष्य पाएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरका लागि जिमी निशमले पुनः राम्रो ब्याटिङ गरेपनि अन्यले राम्रो साथ दिन नसक्दा उसले चुनौतीपूर्ण लक्ष्य दिन सकेनन्। निशमले २३ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४५ रन बनाए।

यस्तै, शुभ कंशकारले २४ बलमा २६ रन बनाउँदा हर्ष थाकर र लहिरु मिलन्थाले समान १२ रन बनाए । यस्तै, अरनिको यादव र कप्तान आसिफ सेखले समान ११ रन बनाए। तर, यी पाँचै ब्याट्सम्यानको स्ट्राइक रेट राम्रो रहन सकेनन्।

जनकपुरलाई सस्तैमा रोक्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। यस्तै, सैफ जइबले २ तथा प्रतियोगिताको लिडिङ विकेटटेकर स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए।

आज जित्ने टिम सिधै फाइनल पुग्ने छ। पराजित हुने टिमले भोलि हुने क्वालिफायर २म फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेता कर्णाली याक्ससँग खेल्नेछ।

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्