Kathmandu Press

क्वालिफायरमा सुदूरश्चिमविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ रोज्यो, टिममा १ परिवर्तन

खेलमा जनकपुर बोल्ट्सका कप्तान आसिफ सेखले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्।
क्वालिफायरमा सुदूरश्चिमविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ रोज्यो, टिममा १ परिवर्तन

काठमाडाैं, पुस ३ : कीर्तिपुरस्थित टियू मैदानमा अहिले फाइनल प्रवेशका लागि क्वालिफायरमा २ बलिया र सन्तुलित टिम जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल्स भीड्दैछन्। 

खेलमा जनकपुर बोल्ट्सका कप्तान आसिफ सेखले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्। फ्ल्याट पिच रहेके बताउँदै आसिफले पहिला ब्याटिङ गर्दै ठूलो लक्ष्य दिने योजना गरेको बताएका छन्।

जनपुरका मार्की खेलाडी रहेका आसिफले पहिलो पटक लिगमा कप्तानीको अवसर पाएका हुन्। लिगको अन्तिम खेलका क्रममा कप्तान अनिल साहको औंलामा चोट लागेपछि आसिफले कप्तानीको मौका पाएका हुन्। 

अनिल चोटका कारण खेल्न नसक्ने भएपछि जनकपुरले टिममा १ परिवर्तन गरेको छ। उसले अनिलको स्थानमा यू–१९ टिमका ओनपर आकाश त्रिपाठीलाई टिममा राखेको छ। उनको यो एनपिएलको डेब्यू खेल हो। यू–१९ टिममा भर्खरै राम्रो ब्याटिङ गरेकाले जनकपुरले उनलाई मौका दिएको हो।

यता, सुदूरपश्चिमले भने लिगको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध खेलेको टिमलाई नै निरन्तरता दिएको छ। 

लिगम सुदूरपश्चिम शीर्ष स्थानमा थियो भने जनकपुर दोस्रो स्थानमा थियो। आज जित्ने टिम सिधै फाइनल पुग्ने छ भने हार्ने टिमले फाइनल पुग्न अर्को मौका पाउने छ। जसमा उसले एनलिमिनेटरको विजेता कर्णालीसँग खेल्नुपर्नेछ।

प्रकाशित मिति: १३:०४ बजे, बुधबार, पुस ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्