कोन्सावाला र बसिस्टोको अर्धशतक, एलिमिनेटरमा कर्णालीले चितवनलाई दियो १७६ रनको ठूलाे लक्ष्य
भारतीय विकेटकिपर ब्याट्सम्यान जयकिशन कोन्सावाला र विलियम बसिस्टोले अर्धशतक प्रहार गरेपछि एलिमिनेठरमा कर्णाली याक्सले चिवतवन राइनोजलाई १७६ रनको लक्ष्य दिएइको छ।काठमाडाैं, पुस ३ : एनपिएलमा डेब्यू गरिरहेका भारतीय विकेटकिपर ब्याट्सम्यान जयकिशन कोन्सावाला र विलियम बसिस्टोले अर्धशतक प्रहार गरेपछि एलिमिनेटरमा कर्णाली याक्सले चिवतवन राइनोजलाई १७६ रनको लक्ष्य दिएइको छ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनायो। उसका लागि डेब्यू खेलाडी कोन्सावालाले सर्वाधिक ५३ रन बनाए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
उनलाई कर्णालीले लिग चरण सकिएपछि ल्याएको हो। उनले यसअघि नेपालम फ्रेन्चाइज क्रिकेट खेलिरसकेका छन्। उनले एभरेस्ट प्रिमियर लिग कर्णालीको प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै खेलेका थिए।
यस्तै, इनमर्फ बसिस्टोले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए। बसिस्टो र कोन्सावालाले तेस्रो विकेटका लागि ५९ रनको उत्कृष्ट साझेदारी गरेका थिए। बसिस्टोले पाँचौं विकेटका लागि चाडविक वाल्टनसँग पनि ६७ रनको सझेदारी गरेका थिए। वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गदैृ ४६ रन बनाए।
बलिङमा चितवन सोहेल तनवीर २ विकेट लिए भने शरद भेषावकर, रवि बोपरा र कुशल मल्लले समान १ विकेट लिए। प्रतियोगिताभर उत्कृष्ट बलिङ गरे रिजन ढकाल कर्णालीविरुद्ध भने फिका देखिए। उनले ४ ओभरमा विनाविकेट ४४ रन खर्चिए।