पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
काठमाडौं, फागुन १८ : पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।
८२ वर्षिय अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ वज....
काठमाडौं, फागुन १८ : पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।
८२ वर्षिय अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ वजेर ५० मिनेट जादा निधन भएको हो ।अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ ।
राजधानीको हृयाम्स अस्पतालमा उपचाररत अधिकारीको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून रहेको उपचारमा संलग्न चिकित्सिकहरुले यस अघि बताएका थिए ।
पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेकाे थियाे ।
प्रकाशित मिति: २२:२६ बजे, शनिबार, फागुन १८, २०७५
थप समाचार






