Kathmandu Press

एनपिएलको विजेताले १ करोड १० लाख पाउने

विजेतारले १ करोड १० लाख रुपैयाँसहित आकर्षक ट्रफी पनि पाउने छ। यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पउँदा तेस्रोले २५ र चौथो हुने १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 
एनपिएलको विजेताले १ करोड १० लाख पाउने
Hardik ivf

काठामडाैं, पुस २ : पहिलो संस्करणको नेपाल प्रिमियर लिगको विजेता टिमले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एनपिएलको पुरस्कार राशी सार्वजनिक गरेको हो। 

जअनुसार विजेतारले १ करोड १० लाख रुपैयाँसहित आकर्षक ट्रफी पनि पाउने छ। यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पउँदा तेस्रोले २५ र चौथो हुने १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

मंसिर १५ गतेबाट सुरु भएको प्रतियोगिताको अहिले प्लेअफ समीकरण पुरा भएको छ। ८ टिम सहभागी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स क्वालिफायरमा पुगेका छन् भने चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने छ।

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्