Kathmandu Press

रुसका आणविक सेना प्रमुख किरिलोभको वम विस्फोटमा मारिए 

बीबीसीका अनुसार, जनरल किरिलोभ अपार्टमेन्टबाट बाहिर निस्किँदै गर्दा नजिकै रहेको स्कुटरमा विस्फोट भएको थियो । किरिलोभसँगै उनका सहयोगी पनि मारिएका छन्। 
रुसका आणविक सेना प्रमुख किरिलोभको वम विस्फोटमा मारिए 

काठमाडौं, पुस २ : रुसका आणविक सेना प्रमुख इगोर किरिलोभको वम विस्फोटमा मारिएका छन्। 

बीबीसीका अनुसार, जनरल किरिलोभ अपार्टमेन्टबाट बाहिर निस्किँदै गर्दा नजिकै रहेको स्कुटरमा विस्फोट भएको थियो । किरिलोभसँगै उनका सहयोगी पनि मारिएका छन्। 

Hardik ivf

किरिलोभलाई अप्रिल २०१७ मा आणविक सेना प्रमुख बनेका थए । उनी रुसको विकिरण, रसायन र जैविक हतियार विभागका प्रमुख रहेको जनाइएको छ। 

हत्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। क्रेमलिनको दक्षिणपूर्वबाट झन्डै ७ किमि परको एउटा अपार्टमेन्ट भवनबाहिर उनी मारिएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन्। 

यसैबीच, रुसको अनुसन्धान एजेन्सीले एक विज्ञप्ति जारी गर्दै किरिलोभको हत्या भएको जनाएको छ। यस विषयमा एजेन्सीले अनुसन्धान गरिरहेको विज्ञप्तिमा जनाइएको छ। 

एजेन्सीका अनुसार विस्फोटमा २०० ग्राम टीएनटी प्रयोग गरिएको थियो। किरिलोभको मृत्युपछि रुसी संसद्का उपसभामुखले उनको हत्याको बदला लिने बताएका छन्।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्