Kathmandu Press

यू–१९ महिला एसिया कपमा नेपालको ऐतिहासिक जित, पाकिस्तानलाई हराउँदै सुपर फोरमा

सोमबार मलेसियामा भएको नेपालले टेस्ट रास्ट्र पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको छ। यो जितसँगै नेपाल एक खेल बाँकी छँदै प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ।
यू–१९ महिला एसिया कपमा नेपालको ऐतिहासिक जित, पाकिस्तानलाई हराउँदै सुपर फोरमा

काठमाडाैं, पुस १ : मलेसियामा जारी यू–१९ महिला एसिया कपमा नेपालले ऐतिहासिक जित निकालेको छ। सोमबार मलेसियामा भएको नेपालले टेस्ट रास्ट्र पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको छ। 

महिलाको उमेर समूहमा नेपालले निकालेको यो अहिलेसम्मकै ठूलो जित हो। यो जितसँगै नेपाल एक खेल बाँकी छँदै प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ। समूह एबाट भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ। 

पाकिस्तान भने समूहका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। समूहको पहिलो खेलमा भरतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो। 

अब नेपालले समूहको अन्तिम खेलमा भोली भारतको सामना गर्ने छ। यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ।

सुपर फोरमा नेपालले समूह बीका शीर्ष २ टिमसँग खेल्नेछ।

पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा कप्तान पुजा महतोले उत्कृष्ट इनिङ खेलिन्। उनले ४७ बलमा ३ चौका प्रहार गर्दै ४७ रनमा नटआउट रहिन्।

यस्तै, उपकप्तान सोनी पाख्रिनले १३, सिमना केसीले १२ र साना प्रविनले १० रनको योगदान दिए।

बलिङमा पाकिस्तानका फतिमा खान र कुरातुलाइनले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। उसका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाउँदा मोहम अनिसले २९ रन बनाएकी थिइन्।

पाकिस्तानलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि कप्तान पुजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमना केसीले समान १ विकेट लिए।


 

प्रकाशित मिति: १५:०९ बजे, सोमबार, पुस १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्