Kathmandu Press

सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायरमा, फाइनल पुग्न जनकपुरसँग खेल्ने

सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको अन्तिम खेलमा कर्णाली याक्समाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिमले शीर्ष स्थानमा रहादै क्वालिफायरमा पुगेको हो।
सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायरमा, फाइनल पुग्न जनकपुरसँग खेल्ने

काठमाडाैं, पुस १ : जारी नेपाल प्रिमियर लिगको लिग चरणको अन्तिम खेलमा जित निकाल्दै सुदूरपशिचम रोयल्सले लिग शीर्ष स्थानमा सकाएको छ। 

सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको अन्तिम खेलमा कर्णाली याक्समाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिमले शीर्ष स्थानमा रहादै क्वालिफायरमा पुगेको हो। 

Hardik ivf

लिगका ७ खेल मध्ये सुदूरपश्चिमले १ खेल मात्र हारेको थियो। ऊ चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो। अब उसले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा लिग दोस्रो स्थानमा सकाएको जनकपुर बोल्ट्ससँग खेल्ने छ। क्वालिफायरले १ बुधबार हुनेछ।

यता, अन्तिम खेलमा पराजित भएको कर्णाली याक्सले एलिमिनेटर खेल्नेछ। चौथा्े हुँदै एलिमिनेटर पुगेको उसले चितवन राइनोजसँग खेल्नेछ।

सोमबार भएको खेलमा कर्णालीले दिएको १०२ रनेका सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान ३८ रन बनाए। 

बलिङमा कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्णाली अन्तिम बलमा १०१ रनम अलआउट भएको थियो।  उसका लागि जिसन मक्सुदले सर्वाधिक ३० रन बनाउँदा विलियम बसिस्टोले १६, बाबर हायतले १३, चाडविक वाल्टन र सोमपाल कामीले समान ११ रन बनाएका थिए। 

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले ३ तथा स्कट कुलुलेइन र दीपेन्द्रले समान २ विकेट लिए।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्