Kathmandu Press

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न

प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न भएको छ।
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न

काठमाडौं, मंसिर ३० : प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न भएको छ।

काठमाडौँमा आयोजित एक समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागीतामा शो सम्पन्न भएको हो।

Hardik ivf

विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन शोमा आठ जना डिजाइनले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए।

प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

'नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेका छौं । चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेका छौँ,' उनले भने।

फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए।

अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदिप खड्का, र्‍यापर साकारलगायत कलाकारले प्रस्तुति दिएका थिए।

प्रकाशित मिति: २०:२४ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्