Kathmandu Press

मानसिक स्वास्थ्यका लागि लाभदायक पाँच गतिविधि

व्यक्तिगत स्याहार र मानसिक स्वास्थ्यमा त्यसले पार्ने प्रभावबारे धेरै कुरा भइरहेको छ। तर हामीमध्ये कतिले आफ्नो लागि समय निकालिरहेका छौं? कसैसँग समय छैन। कसैको जीवन जटिल....

मानसिक स्वास्थ्यका लागि लाभदायक पाँच गतिविधि

व्यक्तिगत स्याहार र मानसिक स्वास्थ्यमा त्यसले पार्ने प्रभावबारे धेरै कुरा भइरहेको छ। तर हामीमध्ये कतिले आफ्नो लागि समय निकालिरहेका छौं? कसैसँग समय छैन। कसैको जीवन जटिल भएकोले प्राथमिकतामा छैन। कसैलाई त्यस्तो सोच्नु स्वार्थी भएजस्तो लाग्छ।

हामीसँग गुनासो धेरै  र परिवर्तन थोरै छ। अब आफ्नो स्याहार र मानसिक स्वास्थ्यमा यसले पार्ने सकारात्मक प्रभावको महत्त्वबारे बुझ्ने समय भएको छ। यसका लागि पाँच वटा सुझाव तल उल्लेख गरिएका छन्:

१.    शारीरिक गतिविधि

Hardik ivf

सातामा थोरैमा तीन दिन कसरत वा व्यायाम गर्नुहोस्। जिम जानुहोस्। योग गर्नुहोस्। जुम्बा जानुहोस्। यस्ता गतिविधिले शरीरमा एन्डोमोर्फिनको उत्पादन गर्छ। यो एउटा न्यूरोट्रान्समिटर हो जसले तनावको समयमा व्यक्तिलाई शान्त बनाउँछ। यसले तन्दुरूस्त रहन पनि सहयोग गर्छ। दिनको सुरूआत कसरतबाट सुरू गरे ताजापन आउँछ।

२.    जर्नल राख्ने

दैनिक गतिविधि र कामको डायरी बनाउन सकिन्छ। यसले आत्मदर्शन गर्न सहयोग गर्छ। यसले दृष्टिकोणमा परिवर्तन ल्याउँछ जसले तनावपूर्ण परिस्थितिको सामना गर्न सहयोग गर्छ। आफू र आफ्नो सीमालाई बुझ्न यो निकै प्रभावकारी हुन्छ। कहिलेकाहीँ यसको नतिजा अत्यन्तै फलदायी हुन्छ।

३.    ब्रेक लिनुहोस्

एकनासको दैनिकी पट्यारलाग्दो हुन्छ। यसले व्यक्तिलाई निराश र थकित बनाउँछ। स्वयंमाथि शङ्का लाग्नसक्छ। यसको एउटा मात्रै उपाय भनेको   आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किने।

आफूलाई मनपर्ने जुनसुकै काम गर्नुहोस्। दैनिकीको हिस्सा नहोस् तर तपाईंलाई आनन्द दिन्छ भने सकेसम्म समय दिनुहोस्। केही नयाँ कुरा सिक्नुहोस्। एक्लै यात्रा गर्नुहोस्। घुम्न निस्कनुहोस्। आफूले पालेको कुकुर वा बिरालो वा अन्य पशुपक्षीसँग समय बिताउनुहोस्। उत्सुकता जगाउनुहोस्। यसले जीवनमा उत्साहको भाव जाग्नेछ।

४.    स्वस्थ सम्बन्ध विकास गर्नुहोस्

आफ्नो लागि समय निकाल्नु भनेको धेरैले एकान्त बुझ्छन्। मानिस सामाजिक प्राणी हो। रमाइला र सकारात्मक सोच भएका व्यक्तिसँग कुराकानी गर्ने, मित्रता बढाउने, समस्याबारे कुरा गर्ने वा असल सामाजिक सहयोग प्रणाली विकास गर्नाले पनि मानसिक स्वास्थ्यमा सुधार आउँछ।

सम्बन्ध भनेको सधैं अरूलाई समय दिनु वा अरूलाई सहयोग गर्नु मात्रै होइन। कहिलेकाहीँ अरूको सहयोग लिनु अनि रमाइलो र उल्लासपूर्ण समय बिताउनु पनि उत्तिकै महत्वपूर्ण छ। तर यस्ता सम्बन्धहरू भर्चुअल नभएर भौतिक रूपमै उपस्थित भएर विकास गर्नुपर्छ।

५.    कृतज्ञताको सूची तयार गर्नुहोस्

हामी आफ्नै समस्यामा अल्झिरहन्छौं। त्यस्तो बेला संसार नै अँध्यारो र कठिन लाग्छ। यो प्रक्रियामा दैनिक हुने साना र सकारात्मक कुराहरू हाम्रो ध्यान जाँदैन।
जीवनको त्यो पाटोसँग पनि निरन्तर सम्पर्कमा रहनु एकदमै महत्वपूर्ण छ। जीवन हामीले सोचेजस्तो नराम्रो छैन भन्ने त्यसले सम्झाउँछ। यसले सकारात्मक सोचको विकास हुन्छ।

हेल्थ शट्स डट कम

प्रकाशित मिति: ०७:१७ बजे, बुधबार, वैशाख १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्