Kathmandu Press

क्वालिफायरमा पुग्ने पहिलो टिम बन्यो सुदूरपश्चिम

आइतबार टियू मैदानम भएको दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि ५ रनको जित निकाल्दै सुदूरपश्चिमले क्वालिफायरमा पुगेको हो। 
क्वालिफायरमा पुग्ने पहिलो टिम बन्यो सुदूरपश्चिम

काठमाडाैं, मंसिर ३० : दूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिगको क्वाफियरमा पुग्ने पहिलो टिम बनेको छ। आइतबार टियू मैदानम भएको दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि ५ रनको जित निकाल्दै सुदूरपश्चिमले क्वालिफायरमा पुगेको हो। 

यो जितसँगै सुदूरपश्चिम १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ। उसको रनरेट पनि २ भन्दामाथि छ। अन्तिम खेलमा कर्णालीसँग पराजित भएपनि सुदूरपश्चिम शीर्ष २ मै रहने छ। 

अब उसले क्वालिफायरमा जनकपुर या कर्णालीमध्ये एकसँग खेल्ने छ। भोलि सुदूरपश्चिमलाई ठूलो अन्तरले हराउन सके कर्णाली नत्र जनकपुर क्वालिफायरमा पुग्नेछ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा अलआउट भयो। उसका लागि आन्द्रे गौसले सर्वाधिक ३६ रन बनाउँदा रेमन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाए। 

सुदूपश्चिमको स्कट कुगुलाइनले उत्कृष्ट बलिङ गरे। उनले ३.४ ओभरमा १ मेडनसहित १८ रनमात्र खर्चेर ५ विकेट लिए। प्रतियोगिताको यो चौथो ‘फाइभ विकेट हल’ हो। यसअघि चितवनका सोहेल तनवीर, सुदुरपश्चिमकै नरेन साउद र कर्णालीका विलियम बसिस्टोले यो उपलब्धि हासिल गरेका छन्। 

यस्तै, हर्मित सिंहले ३ विकेट लिँदा सैफ जइबले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । उसका लागि आरिफ सेखले सर्वाधिक ४२ रन बनाए। प्रतियोगितामा पहिलो पटक दोहोरो अंकम स्कोर बनाएका हुनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, ब्रान्डन म्याकमलेनले २३, दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान दिए।

बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिँदा रेमन रेइफर, सागर ढकाल र माइकल लेस्कले समान १ विकेट लिए।

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, मंसिर ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्