Kathmandu Press

विराटनगरमाथि काठमाडौंको जित, प्लेअफ आशा सुदूरपश्चिमको भरोसामा

कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा काठमाडौंले विराटगनर किंग्समाथि १ विकेटको झिनो जित निकाल्यो।
विराटनगरमाथि काठमाडौंको जित, प्लेअफ आशा सुदूरपश्चिमको भरोसामा

काठमाडाैं, मंसिर ३० : नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पावरप्लेअमै ५ विकेट गुमाएर पनि काठमाडौं गुर्खाजले जित निकालेको छ। कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा काठमाडौंले विराटगनर किंग्समाथि १ विकेटको झिनो जित निकाल्यो। 

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य काठमाडौंले ११ बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो। 

काठमाडौंलाई जित दिलाउने क्रममा ट्यालेन्ट हन्डबाट आएका ब्याट्सम्यान प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए। ३९–५को दाबपूर्ण अवस्थामा ब्याटिङ गर्न आएका प्रतिकले ३४ बलमा समान २ चौका र छक्का प्रहार गरे। 

Hardik ivf

छैठौं विकेटका लागि प्रतिकले रसिद खानसँग ३७ रनको महत्वपूर्ण साझेदारी कायम गरे। त्यो नै जितको मुख्य आधार बन्यो। रसिदनले १४ रन बनाए। यस्तै, शंकर रानाले १६, दीपेश कँडेलले ५ बलमा ११ रन बनाउँदा जेरार्ड इरास्मसले १२ र माइकल लेविटले १० रनको योगदान दिए।

बलिङमा विराटनगरका सन्दीप लामिछानेले जारी प्रतियोगितामा आफ्नो उत्कृष्ट स्पेल गरे। उनले ४ ओभरमा १९ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, क्रिस सोल, अनिल खरेल र बासिर अहमदले समान २ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले १९.५ ओभरमा ११७ नरमा अलआउट भएको थियो । 

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए भने दीपक बोहराले २०, स्कट इडवार्ड्सले १५, बासिर अहमदले १३ र निकोलस किर्टोनले १२ रन बनाए।

विराटनगरलाई सस्तैमा रोक्ने क्रममा काठमाडौंका जेरार्ड इरास्मसले ३ तथा दीपेश कँडेलले २ विकेट लिए।

काठमाडौंको प्लेअफ आशा, सुदूरपश्चिमको भसोसा

विराटनगरमाथिको झिनो जितसँगै काठमाडौंले आफ्नो प्लेअफ आशालाई जिवितै राखेको छ। यो जितपछि काठमाडौंले ७ खेलमा चौथो जितसहित ८ अंक जोडेको छ र ऊ पाँचौं स्थानमा छ। 

अब उसको प्लेअफ यात्रा सुदूरपश्चिम रोयल्सको हातमा छ। प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमल कर्णाली याक्समाथि ठूलो अन्तरको जित निकाले मात्र काठमाडौं प्लेअफ पुग्ने छ। कर्णालीको झिनो अन्तरको हार र जितले भने कार्णाली नै प्लेअफ पुग्ने छ।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्