Kathmandu Press

नेपाल प्रिमियर लिग : आज पनि दुई खेल हुँदै

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ, भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
नेपाल प्रिमियर लिग : आज पनि दुई खेल हुँदै

काठमाडौँ, मंसिर ३० : जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ, भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् । 

Hardik ivf

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । 

उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । 

प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्