Kathmandu Press

कुशल मल्लको विस्फोटक ब्याटिङ, चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि आफ्नो लिगको अन्तिम खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको ठूलो लक्ष्य दिएको छ।
कुशल मल्लको विस्फोटक ब्याटिङ, चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

काठमाडाैं, मंसिर २९ : कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि आफ्नो लिग चरणाकाे अन्तिम खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको ठूलो लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन बनायो।

चितवनका लागि कुशलले विस्फोस्टक ब्याटिङक गर्दै अर्धशतक बनाए। उनले ४१ बलमा ७ छक्का र ३ चौका मद्दतमा ७२रन बनाए। उनको जारी लिगमा पहिलो अर्धशतक हो। यस्तै, रवि बोपराले ३२ बलमा ५ चौका र १ छक्का मद्दतमा ४४ रन बनाए।

Hardik ivf

यी दुईले चौथो विकेटका लागि ११३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। त्यसअघि ओपनर हसन इसाखिलले १९ बलमा ४ चौका र १ छक्का मद्दतमा २८ रनको पारी खेलेका थिए।

बलिङमा जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २ मेडनसहित ११ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए।

जनकपुर यसअघि नै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ भने चिवतनलाई जित आवश्यक छ।

प्रकाशित मिति: १४:४५ बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्