Kathmandu Press

‘सोल्टिनी’मा विल्सनको प्रवेश, कलाकारको बलियो लाइनअप

विल्सनको प्रवेशसँगै फिल्मको कलाकार टिम अझै बलियो बनेको छ। फिल्ममा उनको राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन। 
‘सोल्टिनी’मा विल्सनको प्रवेश, कलाकारको बलियो लाइनअप

काठमाडौं, मंसिर २९ : निर्माणाधीन फिल्म ‘सोल्टिनी’मा विल्सन विक्रम राई अनुबन्धित भएका छन्। 

विल्सनको प्रवेशसँगै फिल्मको कलाकार टिम अझै बलियो बनेको छ। फिल्ममा उनको राईको भूमिकाबारे अहिले नै खुलाइएको छैन। 

फिल्ममा यसअघि नै प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो। फिल्ममा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतको पनि अभिनय रहने छ। 

पूर्वीजिल्ला भोजपुरको एउटा गाउँको कथामा निर्माण हुन लागेको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गर्नेछन्। निर्देशकसुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ।

फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको रहने छ भने डिओपीको जिम्मेवारी सुशन प्रजापति रहने छन्। 

फिल्म प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको हो। फिल्म आगमी असोज ३ अर्थात संविधान दिवसका अवसरमा रिजिल गर्ने लक्ष्य छ। 

प्रकाशित मिति: १०:४० बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्