मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ।मकवानपुर, मंसिर २८ : राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ।
उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेका हुन्।
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ।
सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।
प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय हितको मूल उदेश्यमा एकजुट बनौं : राष्ट्रपति मंगलबार, माघ १, २०८१
नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सुमधुर सम्बन्ध कायममा सघाउँछ : सभापति देउवामंगलबार, माघ १, २०८१
एसईई परीक्षाको तालिका सार्वजनिकमंगलबार, माघ १, २०८१
आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावनामंगलबार, माघ १, २०८१