एनपिएल हेर्न काठमाडौं आइपुगे ब्रायन लारा
उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।
काठमाडाैं, मंसिर २८ : क्रिकेटका लेजेन्ट ब्रायन लारा आज नेपाल आएका छन्।
शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका लारा आज बिहान नेपाल आइपुगेका हुन्।
उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन्। लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन्।
वेस्ट इन्डिजका क्रिकेट खेलाडफ लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ।
प्रकाशित मिति: ११:१० बजे, शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












