Kathmandu Press

संघीयताबाट मुलुक पछि हट्न सक्दैन : देउवा

जनकपुर, फागुन १८ : कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयताबाट मुलुकपछि हट्न नसक्ने बताएका छन्।

शनिबार प्रदेश नम्बर २ को जनकपुरमा मैथिली ....

संघीयताबाट मुलुक पछि हट्न सक्दैन : देउवा

जनकपुर, फागुन १८ : कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयताबाट मुलुकपछि हट्न नसक्ने बताएका छन्।

शनिबार प्रदेश नम्बर २ को जनकपुरमा मैथिली बिकास कोष द्वारा आयोजना गरिएको जनकपुर अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै देउवाले संघीयतामा शंका नगर्न पनि आग्रह गरे।

‘संघीयता कार्यान्वयनमा आइसक्यो। तपाईंहरूले शंका गर्नु काम छैन,’ सभापति देउवाले भने, ‘संघीयता वास्तविकता भइसक्यो। अब फिर्ता हुन सक्दैन।’

कार्यक्रममा उनले लोकतन्त्रबाट सरकार पछि हट्न खोजे कांग्रेसले विरोध गर्ने पनि बताए।

‘म सुन्दै छु, सरकारले विधेयक संशोधन गरेर जनताको बोल्ने, सुन्ने अधिकारमा हस्तक्षेप गर्दैछ,’ देउवाले भने, ‘लोकतन्त्र र संघीयतामा हस्तक्षेप भए हामीलाई सैह्य हुन्न।’

देउवाले साच्चिकै जनताले अधिकार संघीयतामै पाउने पनि बताए । ‘मलाई विश्वास छ जनताको भावनाअनुसार तपाईंहरूले काम गर्नुहुन्छ,’ प्रदेश सरकारप्रति संकेत गर्दै उनले भने।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, फागुन १८, २०७५