काठामाडौंको खराब ब्याटिङ, लुम्बिनीलाई १०४ रनको लक्ष्य
टियू मैदानमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०३ रनमै अलआउट भयो।काठमाडाैं, मंसिर २६ : नेपाल प्रिमियर लिगको आफ्नो चौथो खेलमा काठमाडौं गुर्खाज खराब ब्याटिङ गरेको छ। टियू मैदानमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०३ रनमै अलआउट भयो।
यो जारी लिगमा पहिलो इनिङमा बनेको सबैभन्दा कम योगफल हो। आजै भएको खेलमा सुदूरपश्चिमले १२३ रन बनाएको थियो।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ४० बलमा १ चौका प्रहार गरे। यस्तै, प्रतिक श्रेष्ठले १४ बलमा २ छक्का मद्दतमा २० रन बनाउँदा डान डोथह्वाइटले २१ र स्टेफन स्किनाजीले १३ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा साद बिन जाफरले ३ तथा रामोन सिमोन्ड्स र अविशेष गौतमले समान २ विकट लिए।
प्रकाशित मिति: १४:४२ बजे, बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजितसोमबार, पुस २९, २०८१
जय ट्रफी : उपाधिमा पुलिस र आर्मीको भीडन्तआइतबार, पुस २८, २०८१
महिला क्रिकेट टिमले टियूमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्क सिरिज खेल्नेआइतबार, पुस २८, २०८१
जय ट्रफी : विभागीय टिम बलिया, ब्याटिङमा प्रदेशका टिमको संघर्षशनिबार, पुस २७, २०८१