Kathmandu Press

किशोरको उत्कृष्ट बलिङ, सुदूरपपिश्चमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन मात्रै बनाउँदै जनकपुरलाई मध्यम लक्ष्य दियो।
किशोरको उत्कृष्ट बलिङ, सुदूरपपिश्चमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

काठमाडाैं, मंसिर २६ : किशोर महतो डेथ ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्सलाई १२३ रनमै रोकेको छ। 

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन मात्रै बनाउँदै जनकपुरलाई मध्यम लक्ष्य दियो। उत्कृष्ट सुरुआत गरेर पनि उसले फिनिसिङ भने राम्रो गर्न सकेन।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए भने अर्का ओपनर सैफ जइबले २१ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। तर, आठौं ओभरको चौथो बलमा अरनिको यादवको बलमा जइब आउट भएपछि भने सुदूरपश्चिमले निरन्तर विकेट गुमायो।

यस्तै, उसका इशान पाण्डेले १७ र ब्रान्डन म्याकमलेनले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

सुदूरपश्चिमको इनिङ धरासायी बनाउने क्रममा किशोरले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। पहिलो २ ओभरमा भने उनी विकेट विहीन भएका थिए। यस्तै, शेर मल्ल र अरनिको यादवले समान २ विकेट लिए।

जारी प्रतिपोगितामा फर्मको ललित राजवंशी पनि पहिलो पटक विकेट बिहीन भए। उनले यसअघिका चारै खेलमा विकेट लिएका थिए।

प्रतियोगितामा जनकपुर अपराजित छ भने सुदूरपश्चिमले १ खेल हारेको छ।

प्रकाशित मिति: १०:४७ बजे, बुधबार, मंसिर २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्