यसरी हुँदैछ त्रिचन्द्र क्याम्पसको पुनःनिर्माण [फोटो फिचर]
समयमा पुनः निर्माण नसकिँदा विद्यार्थीलाई सास्ती![यसरी हुँदैछ त्रिचन्द्र क्याम्पसको पुनःनिर्माण [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/trichandra-reconstruction-(10)-ink-1733844567.jpeg)
काठमाडौं, मंसिर २५ । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमूखी क्याम्पसको पृथक महत्व छ।
राजा त्रिभुवनले उद्घाटन गरेको कलेजको संरचना २०७२ सालमा आएको भूकम्पले तहसनहस बनाएको थियो। पुरातात्त्विक र मौलिक सम्पदाका रुपमा परिचित कलेज ढिलागरी पुन र्निर्माणको चरणमा छ।
यतिबेला त्रिचन्द्रका क्षतिग्रस्त भवनहरुको प्रवलीकरण भइरहेको छ।
०७२ सालमा आएको भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पस अबको ८ देखि १० महिनासम्म पुनः र्निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ। १९७५ भदौ १२ मा स्थापना भएको उक्त कलेज भूकम्पले क्षतिग्रस्त भएको थियो।
२०७८ सालमा ३६ करोड ४० लाख ३८ हजार २ सय ८६ रुपैयाँ बजेटमा पुनर्निर्माणको जिम्मा लिएको न्यू टेक्निकल इन्फा प्राइभेट लिमिटेडले अबको आठदेखि नौं महिनाभित्र भवन पुनर्निर्माण सम्पन्न हुने गरी काम गरिरहेको इन्जिनियर शुसिल थापाले बताए।
अहिले क्याम्पसको पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको उनले बताए।
उनले भने, ‘पुनर्निर्माणको समयसीमा पुस २ गते सकिँदैछ। तर अबको आठदेखि १० महिनाभित्र क्याम्पसको भवन निमार्णको कार्य सकिनेछ। नयाँ कार्यहरु गर्दै जाँदा फाउण्डेसनदेखि लिएर रिभाइज गर्दै जानुपर्ने हुन्छ। घण्टाघर र त्रिचन्द्र क्याम्पस आफैंमा एउटा सेपरेट हुनुपर्ने भनेर डिजाइन भएको थियो। पहिलाकै डिजाइनमा काम गर्दै जाँदा बिल्डिङको पुरानो संचरनालाई पुनः डिजाइन गर्नुपर्यो।’
साथै उनले ग्राउण्ड फ्लोर भन्दा माथिको हकमा अहिले घण्टाघरलाई रेट्रोफिट गर्नको लागि एक हप्ता अगाडि मात्र रि–डिजाइनले मान्यता पाएको बताए। साथै इन्जिनियर थापाले पुरानै डिजाइनमा कलेज पुनर्निर्माण भइरहेको बताए।
पछिल्लो समय भवनमा पूरै काम थपिएको छ। समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरुको पढाइमा असर परिरहेको थापाको भनाइ छ। उनले कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत असर परिरहेको बताए।
उनले भने, ‘पछिल्लो समय भवनमा हवासको पूरै काम थपिएको छ। समय अवधिमा निर्माण हुन नसक्दा सबैभन्दा बढी विद्यार्थीहरुको पढाइमा असर परिरहेको छ। कलेजमा कक्षाकोठा सञ्चालन गर्नको लागि कलेज प्रशासनलाई समेत हम्मेहम्मे परिरहेको अवस्था छ। तर निर्माणको काम गर्दै जाँदा विभिन्न कारणले डिजाइनहरु रिभाइज हुन्छन्। पुनर्निर्माण गर्दा नयाँ बिल्डिङ बनाएजस्तो सजिलो हुँदैन। हरेक कुराहरु स्टेबबाइ स्टेब गर्नुंपर्छ। नयाँ कुराको फड्को मार्दै जानुपर्छ। त्यस कारणले लगभग ७० प्रतिशत मात्र काम गर्न सफल भएका छौं।’
-ink-1733844578.jpeg)
उनले फलामको कामहरुमा बढी समय लागेको बताए। उनले बिचमा धेरै बाधाहरु आएकाले पनि काम समयमै गर्न नसकिएको बताए। साथै कलेज जस्तो संवेदनशिल विषयमा कुनै निकाय र संस्थाले ढिलो गर्छु भनेर गर्ने काम यो नभएको बताए। उनले जति पनि रेट्रोफिट भएका बिल्डिङहरु समयमै निर्माण अहिलेको अवस्थामा गाहे भएको बताए।
साथै पुनर्निर्माणका क्रममा क्याम्पसमा कुनैपनि डिजाइन परिवर्तन नहुने बताए। उनले पूरानै डिजाइनमा क्याम्पसको पुनर्निर्माणको काम सम्पन्न गरिने बताए।
-ink-1733844576.jpeg)
-ink-1733844578.jpeg)
-ink-1733844579.jpeg)
-ink-1733844578.jpeg)
-ink-1733844578.jpeg)
-ink-1733844577.jpeg)
-ink-1733844577.jpeg)
-ink-1733844575.jpeg)
-ink-1733844576.jpeg)
-ink-1733844575.jpeg)
-ink-1733844574.jpeg)
-ink-1733844567.jpeg)
-ink-1733844557.jpeg)
-ink-1733844557.jpeg)
सबै तस्बिरः नेपाल न्युज बैंक












