Kathmandu Press

स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाख खड्का निर्विरोध

महासंघको १९औं वार्षिक साधारणसभापछि सम्पन्न निर्वाचनले अध्यक्ष खड्कासहितको अघिल्लो कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो। अझै तीन वर्ष महासंघलाई खड्काले नेतृत्व गर्ने छन्। 
स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाख खड्का निर्विरोध

काठमाडाैं, मंसिर २५ : नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा पुनः कैलाश खड्का निर्विरोध निर्वाचित भएका छन्। 

महासंघको १९औं वार्षिक साधारणसभापछि सम्पन्न निर्वाचनले अध्यक्ष खड्कासहितको अघिल्लो कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो। अझै तीन वर्ष महासंघलाई खड्काले नेतृत्व गर्ने छन्। 

वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी, उपाध्यक्षमा धनबहादुर गिरी (डिबी)ं, महासचिवमा दाताराम काफ्ले, सचिवमा लीलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा चन्द्रमा राई, प्रवेश रोका क्षेत्री, दीपक कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साललाई चयन भएका छन्। 

अध्यक्षमा पुनः निर्विरोध चयन भएपछि खड्काले वैदेशिक रोजगारी क्षेत्रको स्वास्थ्य परीक्षण गुणस्तरीय, पारदर्शी र सवल बनाउन आफ्नो कार्यसमिति प्रतिवद्ध भएर लाग्ने बताएका छन्। 
 
प्रकाशित मिति: २१:१५ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्