Kathmandu Press

भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाखसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजारसहित तीन जनालाई पक्राउ गरेको छ।
भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, मंसिर २५ ।  प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजारसहित तीन जनालाई पक्राउ गरेको छ।

भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकालाई आज सार्वजनिक गरेको छ।

सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाल बस्ने २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बि एए ७७७९ नम्बरको कार, १४ लाख ६० हजार नगद, ल्यापटप पाँच थान, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ।

नौ जुवाडे पक्राउ

काठमाडौँको टोखा नगरपालिका–१० गोँगबुस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नौ जुवाडे पक्राउ परेका छन्।

प्रहरी वृत्त महाराजगन्जबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई ५० हजार नेपाली रूपैयाँ, सात सय अमेरिकी डलर र चार बुक ताससहित पक्राउ गरेको हो।

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्