Kathmandu Press

एमाले सचिवालय सुरू

बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।
एमाले सचिवालय सुरू

काठमाडौं, मंसिर २५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ  ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।  

Hardik ivf

आजको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणको ब्रिफिङ, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । अपराह्न ४ बजे बोलाइएको बैठक केही ढिला सुरू भएको हो।

प्रकाशित मिति: १९:२० बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्