Kathmandu Press

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरे विज्ञ सल्लाहकार समितिको गठन

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयबाट अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरे विज्ञ सल्लाहकार समितिको गठन

काठमाडौं, मंसिर २५ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाँच जना विज्ञ सल्लाहकार समितिको गठन गरेका छन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयबाट अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन्।

स्वास्थ्य मन्त्रालयको कामलाई अझै प्रभावकारी बनाउन सहयोग र सुझावका लागि समिति गठन गरिएको हो ।

मन्त्री पौडेलले समितिमा मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा.भगवान कोइराला, पूर्वस्वास्थ्य सचिव डा.सुधा शर्मा, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले, पूर्वस्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारीलाई राखेका छन्।

समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधि प्रभावकारी बनाउन सल्लाह दिनेछ।

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्