Kathmandu Press

विराटनगरले ल्यायो नेदरल्यानड्सका कप्तान इडवार्ड्स

प्रतियोतिगामा राम्रो प्रदर्शन गर्न असफल भएपछि विराटनगरले प्लेअफ सम्भावना कायमै राख्ने लक्ष्यसहित इडवार्र्डसलाई अनुबन्ध गरेको हो। 
विराटनगरले ल्यायो नेदरल्यानड्सका कप्तान इडवार्ड्स

काठमाडाैं, मंसिर २५ : नेपाल प्रिमियर लिगका बाँकी ३ खेलका लागि विराटनगर किंग्सले नेदरल्यान्ड्सका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान स्कट इडवार्ड्सलाई भित्र्याएको छ। 

प्रतियोतिगामा राम्रो प्रदर्शन गर्न असफल भएपछि विराटनगरले प्लेअफ सम्भावना कायमै राख्ने लक्ष्यसहित इडवार्र्डसलाई अनुबन्ध गरेको हो। उनी आजै काठमाडौं आइपुगेका छन्। 

इडवार्डसका अनुभवी खेलाडी हुन्। २८ वर्षीय उनले नेदरल्यान्ड्सका लागि ५९ एकदिवसीय र ७१ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले उकदिवसीयमा १८ अर्धशतसहित १७३९ रन बनाएका छन् भने टि–२०मा २ अर्धशतकसहित १०२१ रन बनाएका छन्।

इडवार्ड्सको आगमनले विराटनगरको मध्यक्रम बलियो भएको छ।

जारी प्रतियोगितामा विराटनगर ४ खेलमा १ जितसहित तालिकाको पुछारमा छ। उसले प्लेअफ सम्भावना जिवितै राख्ने हो भने बाँकी सबैखेल जित्नुपर्ने हुन्छ। 

विराटनगरले बिहीबार आफ्नो पाँचौं खेलमा पोखरा एभेन्जर्ससँग खेल्ने छ।

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्