Kathmandu Press

बसिस्टोको स्पिनमा घुम्यो पोखरा, १०३ रनमै अलआउट

जारी नेपाल प्रियिमर लिगमा मंगलबारको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा उत्कृष्ट सुरुआत गरेपनि १६.३ ओभरमा १०३ रनमै अलआउट भयो। 
बसिस्टोको स्पिनमा घुम्यो पोखरा, १०३ रनमै अलआउट

काठमाडाैं, मंसिर २५ : अस्ट्रेलियन यू–१९ टिमका पूर्वकप्तान तथा अलराउन्डर विलियम बसिस्टोले घातक बलिङ गरेपछि कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई १०३ रनमै अलआउट गरेको छ।

जारी नेपाल प्रियिमर लिगमा मंगलबारको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा उत्कृष्ट सुरुआत गरेपनि १६.३ ओभरमा १०३ रनमै अलआउट भयो। 

Hardik ivf

पोखराका लागि दिनेश खरेललले सर्वाधिक २६ रन बनाउँदा आन्द्रे गौसले २५, रेमोन रेइफरले २०, कुशल भुर्तेल  र विपिन खत्रीले १० रन बनउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

दिनेश र गौसले पहिले विकेटका लागि ३.५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर, गौस विपिन शर्माको बलमा आउट भएपछि पोखराले निरन्तर विकेट गुमाएको थियो। उसले पछिल्ला ७ विकेट केवल २९ रन जोड्दा गुमाएको थियो।

पोखराको इनिङ धरासयी बनाउने क्रममा बसिस्टलो ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए। यो एनपिएलकै उत्कृष्ट बलिङ स्पेल हो। यस्तै, सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान १ विकेट लिए।

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्