Kathmandu Press

बीआरआई नेपालको हितमा रहेको छ : अध्यक्ष दाहाल

उनले चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको पनि बताए। 
बीआरआई नेपालको हितमा रहेको छ : अध्यक्ष दाहाल
फाइल तस्बिर।

चितवन, मंसिर २५ : पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताएका छन्। 

मंगलबार चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै यस्तो भनाई राखेका हुन्। 

उनले चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको पनि बताए। 

माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको पनि उनले बताए। 

‘हाम्रो ध्यान सरकारतिर छैन। हाम्रो ध्यान जनतातिर छ,’ अध्यक्ष दाहालले भने ‘जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ।’ 

प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्