पर्सा सरकारी वकील कार्यालयभित्र लामिछानेको बयान, बाहिर प्रदर्शन
रास्वपाका कार्यकर्ताले लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध रहेको बताउँदै विरोध र्याली समेत निकालेका थिए।
वीरगञ्ज, मंसिर २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा कार्यकर्ताले पर्सास्थित सरकारी वकील कार्यालय अगाडी प्रदर्शनमा उत्रिएका छन्।
लामिछानेको भित्र बयान भइरहँदा उनका समर्थकहरूले बाहिर प्रदर्शन गरेका हुन्। रास्वपाका कार्यकर्ताले लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध रहेको बताउँदै विरोध र्याली समेत निकालेका थिए।
विरोध ¥यालीमा सहभागीहरूले ‘रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
लामिछानेलाई पर्साको सानोपाइला सहकारीको रकम अपचलन प्रकरणमा छानविनका लागि बयान लिइएको हो।
उक्त सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध प्रहरीको माग अनुरुप जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। मंसिर १९ गते पक्राउ पुर्जी जारी भएको थियो।
प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












