Kathmandu Press

स्वास्थ्य व्यवसायीको साधारणसभामा मन्त्री भण्डारीले भने– कामदारको स्वस्थ्य परीक्षणमा कुनै सम्झौता हुँदैन

श्रमिकलाई ऋणको पासो (डेथ ट्रयाप)बाट बचाउन सरकारले फ्रि भिसा फ्रि टिकट नीति लिएको बताउँदै उनले त्यसको व्यावहारिक कार्यान्वयनमा लागि परेको बताए।
स्वास्थ्य व्यवसायीको साधारणसभामा मन्त्री भण्डारीले भने– कामदारको स्वस्थ्य परीक्षणमा कुनै सम्झौता हुँदैन

काठमाडाैं, मंसिर २५ : श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा कुनै सम्झौता नहुने बताएका छन्। 

नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कामदारको स्वस्थ्य परीक्षणमा शुद्धता र प्रामाणिकता होस् भनेर नै सीमित संस्थालाई सूचीकरण गरी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणको जिम्मा दिइएको बताए। 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक हिट ट्र्याप र डेप्थ ट्रयापको समस्यामा रहेका बताए। 

Hardik ivf

श्रमिकलाई ऋणको पासो (डेथ ट्रयाप)बाट बचाउन सरकारले फ्रि भिसा फ्रि टिकट नीति लिएको बताउँदै उनले त्यसको व्यावहारिक कार्यान्वयनमा लागि परेको बताए। यस्तै, श्रमिकलाई हिट ट्रयापबाट बचाउन स्वास्थ्य परीक्षणसम्बन्धी उच्चस्तरीय कमिटी गठन गरेको जनाउँदै समितिको प्रतिवेदन कार्यान्वयन गर्ने बताए।

मन्त्री भण्डारीले गलत गर्नेलाई कडा काबराही गर्ने बताउँदै सबैलाई इमानदार भएर काम गर्न आग्रह गरे।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले देशकै प्रतिनिधित्व गर्ने भएकाले स्वास्थ्य परीक्षण तल–माथि हुँदा देशको प्रतिष्ठा र कामदारको आर्थिक क्षति हुने भएकाले गम्भीर हुन व्यवसायीलाई आग्रह गरे। 

kailas-1733818306.jpg
नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का ।

कार्यक्रममा श्रम सचिव मुकुन्दप्रसाद निरौला, नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत मोहम्मद फिर्दौस अजमान, पूर्व श्रम सचिव घनश्याम उपाध्यायले स्वास्थ्य परीक्षण व्यवसायलाई गुणस्तरीय र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए।

यस्तै, महासंघ अध्यक्ष कैलाश खड्काले सरकारको मापदण्डअनुसार स्वास्थ्य परीक्षणका लागि महासंघमा आवद्व व्यवसायी प्रतिबद्व रहेको भन्दै सोहीअनुसार स्वास्थ्य परीक्षण गरेकाले मन्त्रालयसँग विगत १९ वर्षदेखि सहकार्य रहेको बताए। 

अध्यक्ष खड्काले स्वास्थ्य व्यवसायलाई मेडिकल रिपोर्टको डिजिटलाइजेसन नै बजारमा देखिने खराबी रोक्ने उपाय हुने बताउँदै उनले स्वास्थ्य परीक्षणको डिजिटलाइजेसन गर्न माग गरे।

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्