Kathmandu Press

‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’

‘राज्य र राजनीतिक शक्तिहरु मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन्।  सर्वोच्च अदालतका फैसला कार्यान्वयन र संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ,’ उनले भने, ‘आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ।’
‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’

ललितपुर, मंसिर २५ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन्।

७६औं मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए।

Hardik ivf

‘राज्य र राजनीतिक शक्तिहरु मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन्।  सर्वोच्च अदालतका फैसला कार्यान्वयन र संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ,’ उनले भने, ‘आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ।’

अर्थमन्त्री पौडेलले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा गएकाहरुको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताए।

प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्