Kathmandu Press

गढीमाईको दर्शन गरर फर्किएको जिप रौतहटमा दुर्घटना, एकै गाउँका ८ जनाको मृत्यु

बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको बा१६च ३१६२ नम्बरको जिप सोमबार राति रौतहटको लमाहामा दुर्घटना परेको थियो। 
गढीमाईको दर्शन गरर फर्किएको जिप रौतहटमा दुर्घटना, एकै गाउँका ८ जनाको मृत्यु

रौतहट, मंसिर २५ : बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको जित रौतहटमा दुर्घटनामा परेको छ। 

बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको बा१६च ३१६२ नम्बरको जिप सोमबार राति रौतहटको लमाहामा दुर्घटना परेको थियो। 

Hardik ivf

सो दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुने सबै सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका छन्। जसमा रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादव छन्। 

मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए।

दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्